शेखर समूहको दबाबपछि कांग्रेसको बन्दसूचीमा परिवर्तन हुने संकेत !

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा ‘परिवर्तन हुने’ भएको छ ।

मंगलबार बालुवाटारमा बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा शीर्ष नेताहरूले छलफल गरेर बन्दसूचीबारे निष्कर्ष निकाल्ने सहमति भएको कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले जानकारी दिए ।

‘समानुपातिक सूची केही परिवर्तन हुन्छ । हामी आज छलफल गर्‍यौँ । आज रातभरि नेताहरूले गृहकार्य गर्ने र भोलि बिहानैदेखि बैठक बसेर सूची टुंगो लगाउने सहमति भएको छ,’उनले भने ।

कांग्रेसमा शेखर कोइराला समूहले निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा असन्तुष्टि जनाइरहेको छ । सभापति शेरबहादुर देउवाले बन्दसूचीमा एक्लौटी गरेको शेखर पक्षको आरोप छ । शेखर पक्षले आफूहरूलाई सम्मानजनक भाग दिनुपर्ने माग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्