सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु, एक घाइते

काठमाडौं । सल्यानको कपुरकोटमा आज बिहान जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना हुँदा उक्त हताहती भएको हो । “आठजनाको घटाास्थलमै मृत्यु भएको हो । घाइते एकजनाको दाङमा उपचार भइरहेको छ,” सल्यानका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले भने ।

बाँकेको ढकेरीबाट फर्किँदा दुर्घटना भएको आचार्यले जानकारी दिए । डबल क्याप जिप रहेको र त्यसमा पछाडिसमेत बसेर यात्रा गरेको जानकारी आएको उनको भनाइ छ ।

मृतकको पहिचान भइसकेको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने काम भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्