सत्ता गठबन्धनले १ सय ६० सिटमा सहमति जुटायो, कुन दललाई कति ?

काठमाडौं। सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन्। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चित छ। कांग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो। अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ–१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी रहेको नेताहरुले बताएका छन्।

कमेन्ट गर्नुहोस्