समानुपातिक सूचीमा सहमत भएपछि प्रदेशमा बार्गिनिङ गर्दै शेखर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन ।

केन्द्रको करिब करिब टुंगो लागिसकेको र भोलिसम्म प्रदेशको टुंगिने उनको भनाई थियो ।

कति जना थपिने भन्नेबारे उनले खुलाएनन् । शेखर पक्षकले ४० प्रतिशत सिट पाउनुपर्ने बताउँदै आएको छ ।

बैठकले भोलि पनि निरन्तरता पाउने छ । अहिले पनि प्रदेशका लागि सहमतिको प्रयास भइरहेको उनले बताए ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएको थियो । आफूहरूले सम्मानजनक संख्यामा सिट नपाए गठबनन्धविरुद्ध नै अभियान चलाउने उनीहरूको धम्की थियो ।

कमेन्ट गर्नुहोस्