मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।

कार्यक्रममा मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त भएकोमा पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरेका थिए।

राजदूत पौडेल र शिष्टाचार महापाल अतनबीच नेपाल र मलेसियाको एकआपसमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल समेत भएको थियो ।

भेटमा दुई पक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै अघि बढ्नेबारे छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्