काठमाडौं र झापामा दुईजनाको शव फेला

काठमाडौं । काठमाडौं र झापामा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–६ ग्रिनल्याण्ड सनमार्ग टोलस्थित निर्माणाधीन घरको भुइँतलामा शंखरापुर नगरपालिका साँखु चोक बस्ने ५५ वर्षीय बलराम भट्टराई मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, झापा गाउँपालिका–७ बस्ने ३० वर्षीय लखिराम सोरेन कचनकबल गाउँपालिका–५ स्थित ससुराली घरबाट करिब ५०० मिटर टाढा बाटोमा मृत अवस्थामा फेला परेका छन् ।

कमेन्ट गर्नुहोस्