आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता गर्दैनौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले आमसञ्चारको अनुगमन गर्ने धृष्टता नगर्ने बताएका छन् । आयोगले कुनै पनि सञ्चार माध्यमलाई स्पष्टीकरण नसोधेको र अब पनि नसोध्ने उनको भनाइ छ ।

शुक्रबार आयोगमा प्रेस अफिसको उद्घाटन गर्दै उनले भने, “यदाकदा सुनेको छु, आमसञ्चार माध्यमको अनुगमन गर्न थालेछ आयोगले भनेर । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ, ढुक्क भए हुन्छ ।”

याे पनि पढ्नुस  आजदेखि चुनाव प्रचार प्रसार गर्न पाइने , सरकारलाई आयोगको सात बुँदे निर्देशन

आमसञ्चार माध्यमको अनुगमन स्वयं सञ्चार माध्यमले नै गर्नुपर्ने बताए । तर, निर्वाचनसँग सम्बन्धित कस्ता कन्टेन्ट गइरहेका छन् भन्ने कुरा भने आयोगले हेर्ने बताए ।

“हामीले कस्ता कन्टेट गइरहेका छन्, ती कन्टेन्टले निर्वाचनको व्यवस्थापनमा कति सहजीकरण भएको छ भनेर आन्तरिक रुपमा सामान्य विश्लेषण गर्ने काम आयोगले गरिरहेको छ,” थपलियाले भने ।

याे पनि पढ्नुस  प्रचण्ड जस्तो पपुलर र प्रगतिशील नेता अर्को छैन, अबको प्रधानमन्त्री उहाँ नै हो : बाबुराम भट्टराई

त्यस्तै, आयोगले निर्वाचनमा पत्रकार आचारसंहितामा भएका केही प्रावधन लागु गर्न आग्रह गर्ने समेत तयारी भएको बताए । स्वनियमन र स्वमूल्यांकन व्यावहारिक रुपमा लागु गर्न आग्रह गर्ने उनको भनाइ छ ।

उनले सचिवको नेतृत्वमा स्थानीय तहमा पनि आचारसंहिताबारे सचिवको नेतृत्वमा नेपाली सेना, प्रहरीका प्रतिनिधिहरु लगायतहरुको अनुगमन समिति बनाइएको भन्दै त्यसलाई अन्यथा नलिन आग्रह गरे ।

याे पनि पढ्नुस  गरिबी निवारणमा माओबादी लक्ष्य : बिना धितो ५ लाख ऋण,भूमिहीनलाई लालपूर्जा

सामाजिक सञ्जालमा हुने दुष्प्रचार, मिथ्या सूचना लगायतका विषयमा भने अनुगन भने हुने उनले बताए ।

नेपाल पत्रकार महासंघले आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामाग्रीको अनुगमन गर्न निर्वाचन आयोगले निर्माण गरेको ‘प्रेस अफिस’ प्रति आपत्ति जनाएको छ ।

कमेन्ट गर्नुहोस्