चार दिनमा दुई लाख ५९ हजारले उपत्यका छाडे

काठमाडौं। दशैँ मान्नका लागि चार दिन (असोज ९ देखि १२ गतेसम्म) मा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

शानिबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसका लागि ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने बसका लागि मात्र विशेष ट्राफिक सहायता कक्ष स्थापना गरेको छ । जसमा प्रत्येक सहायता कक्षमा दुई जना ट्राफिक प्रहरी खटिएका छन् ।

कमेन्ट गर्नुहोस्