द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

काठमाडौं । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमल्टरमा चौधरीलाई खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् ।

कमेन्ट गर्नुहोस्