समानुपातिकमा कोइराला समूहका ३५ प्रतिशत उम्मेदवार

काठमाडौँ, नेपालअं कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा शेखर।काेइराला समूहकाे माग सम्बाेधन भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदाधिकारीले जानकारी दिए । कांग्रेसले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा शेखर पक्षले आपत्ति जनाएपछि चर्को विवाद भएको थियो । सहमतिपछि कांग्रेसले अन्तिम समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । ‘कोइराला पक्षका करिब ३५ प्रतिशत उम्मेदवार समेटिएका छन्,’ एक पदाधिकारीले भने ।

कमेन्ट गर्नुहोस्