महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासकाे आराेपमा इन्स्पेक्टर नियन्त्रणमा

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा एकजना इन्सपेक्टर पक्राउ परेका छन् । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) करणी आराेपमा पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीका अनुसार ढुंगानालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। खानीखोलामा कार्यरत महिला प्रहरी कर्मचारीमाथि राति जबरजस्ती करणी उद्योग गरेको खबर पाएपछि प्रहरी निरीक्षक ढुंगानालाई झिकाइएको डिएसपी खत्रीले बताए।

उनका अनुसार घटना शनिबार बिहान १ बजेतिर भएको थियो। यसबारे खबर भने बिहान ७ बजे भएको उनले बताए।

कमेन्ट गर्नुहोस्