सुनको मूल्य स्थिर, चाँदीको तोलामा ३० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सूनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तोलाको ९४ हजार २०० मै कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्