बागलुङमा पाँच दलीय गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना

बागलुङ । देश आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमय बनिसकेको छ । देशका हरेक जिल्ला तथा क्षेत्रहरुमा चुनाव लक्षित गतिविधि बढ्न थालेका छन् ।

सँधै केन्द्रमा रहने नेतादेखी लाखापाखा लागेका कार्यकर्ता सम्म आफू निकट राजनैतिक दल तथा उम्मेदवारलाई जिताउन हरसम्भब प्रयास गरिरहेका छन् ।

याे पनि पढ्नुस  विद्यार्थी राजनीति, जनयुद्धको मोर्चा र राष्ट्रिय राजनीतिमा खारिएका सुबोध को हुन् ?

यसै क्रममा नेपालभित्रको नेपाल भनेर चिनिने बागलुङ जिल्लालाई पनि चुनावी माहोलले तताएको छ । बागलुङमा शुक्रबार पाच दलीय गठवन्धनले चुनावी प्रचारप्रसारको सम्पर्क कार्यालयको उद्घाटन गरेको छ ।

सम्पर्क कार्यालयको उद्घाटन गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्वारा गरिएको छ ।

याे पनि पढ्नुस  राजनीतिक दल र उम्मेद्वारबारे मत सर्वेक्षण नगर्न आयोगको आग्रह

बागलुङ बजारमा रहेको उच्च अदालत पोखरा बागलुङ ईजलास नजिक निर्वाचन क्षेत्र न. १, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न.क र ख को चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली काङ्ग्रेस बागलुङका सचिव समेत रहेका बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

जिल्लामा पाँच दलीय वाम–लोकतान्त्रीक गठबन्धनको तर्फबाट बागलुङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी प्रदेश (क) बाट नेपाली काँग्रेसको तर्फबाट दिपेन्द्र थापा र (ख)बाट डिल्लीराम सुवेदी उम्मेदवार बनेका छन् ।

याे पनि पढ्नुस  हामी मिसिन गन बोकेर मैदानमा छौं, कुनाबाट गुलेली नचलाउनुस् : थपलिया

जिल्लामा विशेषगरी पाँचदलीय गठबन्धन र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ राजनैतिक जानकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्