काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले साझा स्वास्थ्य सेवाको केन्द्रीय कार्यालयको स्थलगत अनुगमन गरेकी छिन् ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले संस्थाको हित, राष्ट्रसेवा र जनसेवालाई सर्वोपरि ठानेर काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन् । साझा स्वास्थ्य सेवा जनताको सेवा गर्ने संस्था भएकाले सर्वसाधारण र उपचार नपाएर मृत्युवरण गर्नु परिरेहकाहरुलाई प्रभावकारी सेवा दिने गरी सेवालाई प्रभावकारी बनाउन मन्त्री श्रेठले आग्रह समेत गरिन् ।
सबैको संयुक्त प्रयासबाट संस्था अगाडी बढाउन संभव छ भन्दै मन्त्री श्रेष्ठले कानुनी, नीतिगत र व्यवहारिक समस्या समाधानका लागि मन्त्रालय तयार रहेको पनि बताइन्।