सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले एक बुथ २ सय युथ परिचालन गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले एक बुथ २ सय युथ  विद्यार्थी परिचालन गर्ने निर्णय गरेका छन्।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी ,अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ,अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनको बैठकले पाँचवटै संगठनका अध्यक्ष सलग्न केन्द्रिय परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।

‘संबिधान कुल्चने , पटक पटक संसद बिघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धी माथी खेलबाड गरि मुलुकलाई पछि फर्काउन चाहने ,स्वेच्छाचारी र प्रतिगामी शक्ति लाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना निर्माण गर्ने रणनिति अनुरुप गठन्धनमा सहभागी दल निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने,’ विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरिय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।

चुनावी प्रतिस्पर्धामा रहेका संयुक्त विद्यार्थी संगठनका पूर्व विद्यार्थी अध्यक्ष र दलका प्रत्येक शिर्ष नेतृत्वको चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन बिशेष कार्यक्रम र संयुक्त संबोधन अपिल गर्ने समेत पाँच विद्यार्थी संगठनले निर्णय गरेका छन्।

कमेन्ट गर्नुहोस्