म एक पटक कुमिङताङ आएको हुँ : प्रचण्ड

गोरखा,राजेन्द्र न्याैपाने । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्ति सम्पन्न गर्ने क्रममा पछिल्लो समय जसरी माओत्सेतुङ कुमिङताङ पुगे त्यसै गरी म युद्धको थालनी गरेको स्थानमा नयाँ उर्जा लिन क्रान्ति भूमी गोरखामा आएको बताएका छन् ।

आज गोरखा जिल्ला स्थित माओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भावुक हुँदै भने म चिङकाङसाङ फर्केको छु । अग्रगामी योजना निर्माणका लागि यही गोरखा जिल्लामा हेडक्वाटर राखेर आफूले काम गरेको बताउँदै उनले २२ वर्षको उमेरमा गोरखा आएर शिक्षण गर्दा देखि नै क्रान्तिको योजना निर्माण गरी अहिले ४० वर्षपछि फेरी समाजवादी क्रा्न्तिको नयाँ फड्को मार्न आफू गोरखा आएको उनले बताए ।

आर्थिक क्रान्ति सहितको नयाँ समाजवादी क्रान्ति सम्पन्न गर्न गोरखाबाट उर्जा लिएर जाने उनले बताए । अहिले जनु प्रक्रिया र व्यवहार शैली छ त्यसमा सबैमा एक रुपता नभएको बताए । हामी सकरात्मक रुपान्तरणतिर अघि बढ्नुपर्ने बताए । समाजवादको आधार निर्माण गर्न गोरखा आएको हुँ । आफू एउटा मात्रै निर्वाचन क्षेत्रका उम्मेदवार नभै गोरखाको र समग्र देशको उम्मेदवार रहेको बताए ।

गोरखा जिल्ला प्रशास्त सम्भावना भएको जिल्ला रहेको उनले बताए । बेनिघाट आरुघाट लार्के सडक, बुढीगण्डकी परियोजना, मध्य पहाडी लोकमार्गले गोरखालाइ समृद्ध बनाउने उनले बताए ।

त्रिदेशसीय साझेदारीको अति महत्वपूर्ण रणनीतिको उत्तर दक्षिण जोड्ने बाटो गोरखामा निर्माण भइरहेको र यसले चिन, नेपाल र भारतलाइ नयाँ आयाम दिने बताए ।

कमेन्ट गर्नुहोस्