स्याङजामा जिप दुर्घटना १ मृत्यु २ बेपत्ता

गल्याङ। स्याङजाको गल्याङ नगरपालिका २ बटुवा डाँडामा ग ३ च १४०४ नम्वरको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने दुईजना बेपत्ता भएका छन ।

बुटवलबाट वालिङका लागि छुटेको मालवाहक जिप करिव २ बजेको समयमा अनियन्त्रित भई भिरवाट खसेको हुन सक्ने गल्याङ प्रहरी चौकिले जनाएको छ । मृतकको सनाखत भएको छैन। घटना बारे थप बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ । जिप सिदार्थ राजमार्ग वाट १५० मिटर तल खसेको छ ।

बेपत्ता भएकाको खोजि कार्य जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्