नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

पोखरा । नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ । शुक्रबार अपराह्न उपराष्ट्रपति पुनले पोखरा रंगशालामा ९‍औं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए ।

उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिएका छन्। उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ ।

रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ ।विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने प्रयत्न रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कमेन्ट गर्नुहोस्