लमही। सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्। मन्त्री चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको गाडी फिर्ता गरेका हुन्।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरूप उनले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए।