पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँते खेलमा आज फाइनल खेल हुने भएको छ । फुल कन्ट्याक्ट कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धा हुँदैछ ।
पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबार अधिकांश विधाका प्रिक्वाटर र क्वाटर फाइनलका खेल भएको नवौं राष्ट्रिय खेलकुद अन्र्तगतको फुल कन्ट्याक्ट कराँते खेल सहसंयोजक दीपक गोदारले बताए । उनका अनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिष्पर्धा सुरु हुने र आज नै फाइनल खेल हुनेछ ।
शुक्रबार भएको ३५ देखि ४० केजी तौल समूहमा नेपाल आर्मीका सागर थिङ, प्रदेश एकका सुगम पासवान र गण्डकीका अभिशेक डिमडुङ सेमिफाइनलमा प्रवेश गरेको फुल कन्ट्याक्ट कराँते गण्डकी प्रदेशका प्रशिक्षक सुवास खड्काले बताए । गोदारका अनुसार खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी छन् ।
खेलमा महिलातर्फ ३५—४०, ४०—४५, ४५—५०, ५०—५५ केजी तौल र खुुल्ला तौल समूहमा प्रतिष्पर्धा भइरहेको छ भने पुरुषमा ३५—४०, ४०—४५, ४५—५०, ५०—५५, ५५—६०,६०—६५ केजी तौल र खुल्ला तौलम समूहमा प्रतिष्पर्धा भएको छ । शनिबार बिहान ८ बजेदेखि खेलहरु सुरु हुने गोदारले बताए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको गोदारले बताए ।