एथलेटिक्समा चौधरीको राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाएकी हुन् ।

यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको रहेको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पुरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् । आठौं सागमा इलेक्ट्रीकल टाईम हो भने हालको समय ह्याण्ड टाईम हो ।

कमेन्ट गर्नुहोस्