नेकपा एसकी खातुनको उम्मेदवारी फिर्ता , माओवादी नेता चुमानलाई विजयी गराउन लाग्ने

तनहुँ । तनहुँ प्रदेश सभा १ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कलिला खातुनले उम्मेदवारी फिर्ता लिएकी छिन् । शनिवार एक विज्ञप्ति जारी गर्दै खातुनले सोही निर्वाचन क्षेत्रबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हरि बहादुर चुमान (अजित) लाई विजयी गराउन लाग्ने प्रतिवद्धता पनि जनाएकी छन्।

याे पनि पढ्नुस  माओवादीको घोषणापत्र : कार्यकारी राष्ट्रपति, जननिर्वाचित प्रदेश प्रमुख (पूर्णपाठ)

खातुनले गठबन्धनको सिफारिस बिना उम्मेदवारी दर्ता गराएकी थिइन् । उम्मेदवारी फिर्ता लिँदै विज्ञप्तिमा उनले भनेकी छिन्–‘देशको जटिल परिस्थितीका कारण हाम्रो बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लगायतका महान उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नु अहिलेको प्रमुख आवश्यकता रहेकाले मैले गठबन्धनका शिर्ष नेताहरुको आग्रहमा आजकै दिनबाट आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

याे पनि पढ्नुस  मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमति लिनु नपर्ने

उनले देशमा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि वाम लोकतान्त्रिक गठबन्धन बाहेकको अर्को कुनै विकल्प नभएको पनि दावी गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्