पुरुष हक्कीः गण्डकी र कर्णाली विजयी

पोखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पुरुष हक्की प्रतियोगिताका दुई खेल सम्पन्न भएका छन् ।

हेम्जाको गौरीशंकर खेल मैदानमा सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश १ लाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको चौथो हाल्फको ५१ औ मिनेटमा गण्डकीका प्रेम विकले गरेको गोल नै निर्णायक गोल रह्यो । अव गण्डकीले सोमबार मधेश प्रदेशसंग प्रतिस्पर्धा गर्ने छ ।

त्यसै गरि दोस्रो खेलमा कर्णाली र लुम्विनी प्रदेश विचको खेलमा कर्णाली विजयी भएको छ । कर्णाली १–० गोल अन्तरले विजयी भएको हो । खेलको दोस्रो हाल्फमा कर्णालीका केशर रावतले गोल गर्दै टिमलाई विजयी बनाएका थिए । कर्णाली प्रदेशले अव आउदो सोमबार बागमती प्रदेशसंग प्रतिस्पर्धा गर्ने छ ।

प्रदेश १ ले ३ खेल खेल्दै २ जित र १ हार व्यहोर्दै ६ अंक सहित खेल तालिकाको शिर्षस्थानमा रहेको छ भने ३ खेलमा १ जित,१ हार र १ बरावरीमा रोकिदै ४ अंक सहित गण्डकी प्रदेश दोस्रो स्थानमा रहेको छ । त्यसैगरि नेपाल आर्मी १ खेलको जितसंगै ३ अंक प्राप्त गरेको छ भने समुह ‘बि’बाट नेपाल पुलिसले पनि १ खेलको जितसंगै ३ अंक प्राप्त गरेको छ ।

बागमती प्रदेश १ खेलमा जित निकाल्दै ३ अंकमा छ भने २ खेलमा १ जित र १ हारसंगै कर्णाली प्रदेशले पनि ३ अंक प्राप्त गरेको छ । उता समुह ‘ए’मा रहेको सुदुरपश्चिम दुई खेलमा एक हार र एक बराबरीमा रोकिदा १ अंक प्राप्त गरि अंक तालिकाको पुच्छरमा रहेको छ भने दुई खेलमा हार व्यहोरेको लुम्विनी र एक खेलमा हार व्यहोरेको मधेश प्रदेश भने अंक विहिन बनेका छन् ।

आईतबार हुने पहिलो खेलमा नेपाल आर्मी र मधेश प्रदेश विच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा नेपाल पुलिस र बागमती प्रदेश विच खेल हुने प्रतियोगिता निरिक्षक श्यामबाबु नायकले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्