महिला १०० मिटर दौडमा सरस्वतीले राखिन कीर्तिमान

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कीर्तिमान सहित उनले सहित स्वर्ण जितेकी छिन् ।

ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार विहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् ।

हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले कास्य जितिन् ।

कमेन्ट गर्नुहोस्