२४ घण्टामा ५२ कोरोना संक्रमित थपिए, १६ निको

काठमाडौं । नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ७६३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ५२ जनाको नतिजा पोजिटिभ आएको हो । ७४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ र एक हजार १८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८७ हजार ४३८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

कमेन्ट गर्नुहोस्