नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु

पोखरा। नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।

कमेन्ट गर्नुहोस्