पूर्व कृषिमन्त्री खनालको २० महिने कार्यकाल, कृषक र उपभोक्त दुवैलाई महत्वपूर्ण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव चक्रपाणि खनाल (बलदेव)ले आफ्नो २० महिने कार्यकालमा निकै महत्वपूर्ण कार्यहरु गरेका छन् । उनले बर्षौदेखी अल्झिएर बसेका कृषि व्यवसाय प्रवर्द्धन ऐन, पशु स्वास्थ्य तथा पशु सेवा ऐन लगायतका ७ वटा ऐनहरु स्विकृत गराउँन सफल खनालले कृषि क्षेत्रमा आयात विस्तापन गर्ने र नेपाली कृषको उत्पादनको बजार व्यवस्थापन गर्ने गरी केहि दुरगामी महत्वका काम गर्ने प्रयत्न गरेका थिए ।

बलदेव मन्त्री बनेपछि वर्षेनी हुने गरेको मिल्क होलिडे सदाको लागि अन्त्य गर्न धुलो दूध आयातलाई अनुज्ञा पत्र नदिई आयात रोकियो। स्मरण रहोस धुलो दुध आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्रहरुको निरन्तर दवाव आउने गरेको भएपनि उनले नेपाली उपाभोक्ता र कृषको पक्षमा निरन्तर अडान राखिरहे ।

उनले वर्षौदेखी उखुमा दिने गरिएको अनुदान रकम किसानको नाममा विचौलीया तथा उद्योगीहरुले दुरुपयोग गरिराखेको अवस्थामा कार्यविधि संसोधन मार्फत अनुदान रकम सिधै नेपाली किसानको खातामा जाने व्यवस्था गरे । यही विषयमा कार्यविधि संसोधनको विरोध गर्दै हृदयेश त्रीपाठिले कृषि मन्त्रालय नै खारेज गर्नुपर्छ भन्ने वक्तव्यवाजी गर्दै हिडेंका थिए ।

खसी बोका आयातमा विगतदेखी नै हुने गरेको लापरबाहीलाई अन्त्य गर्दै क्वारेन्टाईनसम्बन्धी कानुनको कडाईका साथ कार्यान्वयन गरी खसिवोका आयातलाई अन्त्य गरिदिए । खसिवोका आयातलाई पुर्ववत् रुपमा सुचारु गराउन शक्ति केन्द्र र विचौलीयाहरुको निरन्तर दवाव आउने गरेपनि उनले कृर्षकको हितमा निरन्तर लागिरहे ।

किसानको हकहित संरक्षण गर्न र कृषि अनुदानलाई वास्तविक किसानहरुमाझ समतामुलक तरिकाले उपलब्ध गराउन निर्देशिका तयार गरी स्विकृतिको लागि मन्त्रिपरिषदमा पेश भएको तर प्रधानमन्त्री ओलीले ४ महिनादेखि क्याविनेटमै अड्काइदिए ।

साथै उनले कृषि मन्त्रालयमा रहँदा किसानहरुको वर्गिकरण गरी किसान पेन्सन लगायतका सुरक्षाका कार्यक्रमहरु संचालनको लागि नियमावली तयार भएको र यस आर्थिक वर्षमा कार्यान्वयन हुने गरी कार्यक्रम तयार गरे । कृषिमा युवाहरुको आकर्षण वढाउन कृषिमा यूवा कार्यक्रम संचालन गरे ।

मन्त्रालय मातहतका निकायमा हुने नियुक्तिहरुलाई पारदर्शी बनाउन नियुक्ति मापदण्ड तयार गरे तर करिव ६ महिनादेखी उक्त मापदण्ड मन्त्रीपरिषदमा प्रधानमन्त्री आलीको कारण अड्किरहयो । कृषि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर वनाउन बजेट तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा लैजान मिहनेत गरे ।

खाद्य स्वच्छता अभियान संचालन गरिएको तथा विषादी परिक्षणको लागि सुविधासम्पन्न ल्याबहरुको स्थापनाको कार्य अगाडि बढाएर स्वच्छ र विषादि रहित खाद्य उभोगक्तामा पुर्याउन पहल लिए ।

कमेन्ट गर्नुहोस्