सत्यमोहन जोशीको शव किस्ट अस्पताललाई हस्तान्तरण

काठमाण्डौ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएको छ ।

जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले सत्यमोहन जोशी विश्वभरीका माव समुदायको लागि उत्प्रेरणाको श्रोत भएको बताएका छन् ।उनलाई मन्त्रीहरूसहित सरकारका उच्च पदस्थ अधिकारी, नेता, नागरिक समाज, सर्वसाधारणलगायतले पनि पुल्चोकमा पुगेर श्रद्धाञ्जली दिएका थिए । यसैबीच सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको छ । छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारका क्रममा आज आइतवार बिहान किस्ट अस्पतालमै निधन भएको थियो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् हुन् ।

उनी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् । उनको ‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए ।

कमेन्ट गर्नुहोस्