खेलाडी निसिमको निधन समग्र खेल क्षेत्रका निमित्त दुःखद : उपाध्यक्ष कोइराला

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत प्याराग्लाईडीङ प्रतियोगितामा सहभागी खेलाडी निसिम थापाको निधनले मर्माहत भएको बताएका छन् । प्याराग्लाईडीङ गर्ने क्रममा त्रिभुवन आर्मी क्लवका अन्तराष्ट्रिय खेलाडि निसिमको दुर्घटनमा परि निधन भएको थियो ।

राखेप उपाध्यक्ष कोइरालाले खेलाडीहरुको साथमा राखेप रहेको भन्दै मृतक थापाप्रति श्रद्दान्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

समग्र खेलकुद क्षेत्रका निमित्त निसिमको निधन दुःखान्त भएको भन्दै उपाध्यक्ष कोइरालाले भनेका छन् –‘कठिन घडिमा उच्च मनोवल सहित अगाडी वढि राष्ट्र लाई चिनाउने निसिम को चाहना पुरा गर्ने जिम्मेवारी थपिएको छ महशुश भएको छ।

आम खेलाडी हरुमा उच्च मनोवलको अपेक्षा गर्दछु र हरेक संकटमा खेलकुद परिषद संगै रहनेछ भन्ने प्रतिवद्दता समेत व्यक्त गर्न चाहन्छु ।’

कमेन्ट गर्नुहोस्