विजय गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज

काठमाडौं । विजयकुमार गच्छदारसहित ९ जनाविरुद्ध परेको रिट खारेज भएको छ ।

गच्छदार, बिक्रम पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध परेको रिट खारेज भएको हो ।

उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरु प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

कमेन्ट गर्नुहोस्