समयसँगै परिवर्तन हुन प्रहरीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने ‘नेपाल प्रहरीको कार्यसम्पादक क्षमताका देशिभत्रमात्र नभई बाहिर पनि प्रशंसा हुँदै आइरहेको छ । ’

वर्तमान युग सूचना प्रविधिको युग भएको भन्दै प्रधानमन्त्री देउवाले समयसँगै परिवर्तन हुन प्रहरीलाई निर्देशन दिएका छन्।

‘आजको युग सूचना प्रविधिको युग हो। परम्परागत प्रविधिलाई समयको परिवर्तनसँगै सूचना प्रविधिमा अघि बढ्न सकेमात्रै अपेक्षित परिणाम हासिल हुनेछ। यसलाई मध्यनजर गर्दै अघि बढ्न निर्देशन दिन चाहन्छु।’ प्रधानमन्त्री देउवाले सम्बोधनको क्रममा भने।

कमेन्ट गर्नुहोस्