काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा काठमाडौं क्षेत्र नम्बर ९ की उम्मेदावर कल्पना धमलाले संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने बताएकी छन् । केटिएभ भ्वाइससँगको कुराकानीमा उम्मेदवार धमलाले यो प्रतिगामि कदमका विरुद्धमा निर्माण भएको गठबन्ध भएकाले जित्न जरुरी रहेको बताएकी हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थाग विकास र राजनीति स्थायित्व, शान्ति र समृद्धिका लागि यो गठबन्धको जित हुन आवश्यक रहेको उनको भनाइ छ । गठबन्धनका नेताहरुको निर्देशन अनुसार नै देशभर गठबन्धन बनेकाले सोही अनुसार अघी बढ्नु पर्ने आवश्यकता रहेको उनले बताइन् । अहिलेको वस्तुपरिस्थितिले पनि काठमाडौं क्षेत्र नम्बर ९ मा गठबन्धनको जित सुनिश्चित रहेको उनको दाबी थियो ।
काठमाडौं क्षेत्र नम्बर ९ विविधताले भरिएको क्षेत्र भएको भन्दै यसको विकासका लागि आफूले निरन्तर प्रयास गर्ने धमलाको भनाइ छ । काठमाडौं प्रवेशको मुख्य नाका पनि यहि क्षेत्रमा भएकाले नाका व्यवस्थित बनाउने उनले प्रतिबद्धता व्यक्त गरिन ।