एमाले महासचिव पोखरेलको चुनाव प्रचार : कांग्रेस घोषणापत्रको आवरणमाथि आफ्नो फोटो

काठमाडौं । यतिबेला देश ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वानमा होमिएको छ । चुनाव प्रचारशैली अहिले पहिले भन्दा फेरिएको छ डिजिटल माध्यमबाट निर्वानको प्रचारप्रसार गर्ने कार्यमा उम्मेदवारहरुको होडबाजि नै चलेको छ ।

अहिले उम्मेदवार र उनीहरुका सर्मथकका सामाजिक सञ्जाल प्रचार सामग्रीले भरिएका छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु आफुले सुने नसुनेका देख्दा, सुन्दा र हेर्दा आकर्षक लाग्ने नयाँ नयाँ नारा खोजेर प्रचार गरिरहेका छन् ।

यसैबीच २८ असोजमा एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुकमा एउटा प्रचार सामग्री पोस्ट गरे । पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली परिवर्तन सम्भव छ हाम्रै पालामा ।’भन्ने नारा सहितको प्रचार सामाग्री पोष्ट गरेका थिए । ।

उनले पोष्ट गरेको उक्त प्रचार सामाग्री नेपाली कांग्रेसद्धारा २०७४ सालमा प्रकाशित घोषणापत्रको आवरणमाथि आफ्नो फोटो र एमालेको नारा राखिएपछि धेरैले उनले पोष्ट गरेको प्रचारसामाग्री प्रति टिकाटिप्पणी गर्दै कमेन्ट गरे ।

एमालेभित्र जवजको व्याख्याता मानिएका महासचिव शंकर पोखरेलले आफ्नो चुनावी प्रचारकोलागि कांग्रस घोषणापत्रको आवरण चोरी गरेको सम्मका आरोपहरु कमेन्टमा देखिन्थे ।

सामाजिक संजालमा आएका प्रतिक्रियापछि उनको वालबाट उक्त प्रचार सामाग्री हटाइएको छ । दाङ–२ बाट उम्मेदवार बनेका पोखरेलसँग माओवादी केन्द्रकी रेखा शर्मा प्रतिस्पर्धामा छिन् ।

कमेन्ट गर्नुहोस्