धादिङ एमालेमा भाँडभैलो : पार्टीका उम्मेदवारका प्रस्तावक नै बागीको पक्षमा

काठमाडौं । जिल्ला र प्रदेश कमिटीले सिफारिसमा नपरेका व्यक्तिलाई पार्टी केन्द्रले प्रदेश सभा उम्मेदवार बनाएपछि धादिङ एमालेमा भाँडभैलो मच्चिएको छ ।

धादिङ क्षेत्र नं.१ ‘क’ मा नेकपा एमाले जिल्ला कमिटी धादिङ र बागमती प्रदेश कमिटीले पार्टीका पूर्व अध्यक्ष नेत्रप्रसाद पौडेललाई उम्मेदवारीमा सिफारिस गरेको थियो । तर, पार्टी केन्द्रले युवा संघका नेता रमेशप्रसाद आचार्यलाई टिकट दिएपछि पौडेलले बागी उम्मेदवारी दिएका थिए ।

आचार्यका प्रस्तावक बसेका नेकपा एमाले थाक्रे गाउँपालिकाका अध्यक्ष कृष्ण पन्तले बागी उम्मेदवार पौडेललाई सघाउने निर्णय गरेका छन् ।

सोमबार बसेको पार्टीको थाँक्रे गाउँपालिका समितिको बैठकमा उपस्थित अधिकांश नेता कार्यकर्तासँगै आफूले पनि पार्टीका उम्मेदवार आचार्यलाई सघाउन नसक्ने निर्णय गरेको पन्तले जानकारी दिए ।

नेता पन्तले पार्टीले दुईमध्ये एक उम्मेदवारलाई फिर्ता नगरेसम्म सिंगो पालिका कमिटी चुनावी अभियानमा सक्रिय नहुने उनले बताए ।

कमेन्ट गर्नुहोस्