कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेता

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले आज ललितपुरमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै छन् ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अभियानअन्तर्गत गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्