एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं । आज दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा पुगेका हुन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरीरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

तीन दिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्