नवौँ राष्ट्रिय खेलकुद : सन्तोषीले जितिन् अर्को स्वर्ण

काठमाडौं । वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले बुधबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स महिला पाँच हजार मिटर दौडमा स्वर्णपदक जितेकी छन् ।

सन्तोषीले आज बिहान पोखरा रंगशालामा निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण विजेता सन्तोषीले पोखरामा जारी प्रतियोगिताको १० हजार मिटरमा दौडमा पनि स्वर्ण जितेकी थिइन् ।

यस स्पर्धामा नेपाल पुलिस क्लबकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा दूरी पूरा गर्दै रजतपदक जितिन् । कास्यपदक जित्ने त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।

कमेन्ट गर्नुहोस्