काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।
दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो। पोखरा , गोरखा, विरगंज , चितवन लगायत देशैभरि भुकम्पको महशुस भएको रिपोर्टहरु सार्वजनिक भएका छन् । भूकम्पको क्षतिबारे भने जानकारी हुन बाँकि छ ।
भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।