पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी स्व. निसिम थापाको घरमै पुगेर परिवारसँग भेटघाट गरेका छन् ।
भेटका क्रममा उनले स्व. निसिम प्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै निसिमका आमा बुबालाई संवेदना व्यक्त गरे । उनले खेलाडी निसिमको निधनले आफु र सिंङ्गो खेल क्षेत्र नै दुःखित बनेको बताए ।
साथै मन्त्री अथकले खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरेको बताए ।
प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप गोल्ड मेडल र नगद २५ हजार दिएको छ ।
उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ । बिमाको रकम बाहेक मन्त्रिपरिषदबाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री अथकले बताए ।