नेपालमा एकैदिन ५३ जनामा कोरोना पुष्टि हुँदा ५१ जना निको भए

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५० जना र ७ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ४५२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ७ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ७ सय २७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १८ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८७ हजार ५८० पुगेका छन् ।

कमेन्ट गर्नुहोस्