व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले निजी क्षेत्रले भोग्नुपरेका समस्यालाई समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन बाम–लोकतान्त्रिक गठबन्धन क्रियाशील रहने बताए ।

मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ बाट बाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेएका मन्त्री श्रेष्ठले दीगो अर्थतन्त्र निर्माणका लागि विभिन्न क्षेत्रमा सुधार आवश्यक रहेको बताए। समुन्नत मुलुक निर्माणमा निजी क्षेत्रबाट योगदान पुर्याउन व्यवसाय मैत्री वातावरण अपरिहार्य रहेको बताउँदै उनले नीतिगत सुधार, क्षमता विस्तार जस्ता व्यवसायिक सुधारका कामहरु अघि बढाउनुपर्ने बताए । उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए ।

लोकतन्त्र संस्थागत नभई आर्थिक विकास र विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए । कार्यक्रममा प्रदेशसभाका उम्मेदवार राजुराज जोशीले नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन आफुहरु लागिपर्ने बताए। कार्यक्रममा समितिका अध्यक्ष कैलाश गोयल लगायत पदाधिकारीहरुले मारवाडी सेवा समितिले गरिरहेका सामाजिक सेवाका कामहरुबारे जानकारी दिए ।

कमेन्ट गर्नुहोस्