काठमाडौं । सत्ता गठबन्धनले आज पोखरामा भेला गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरू भेलामा सहभागी छन्।
पाँच दलीय सत्ता गठबन्धनले गण्डकी प्रदेशस्तरीय भेला गरेका हुन्। भेलामा पाँच दलका प्रदेश तथा जिल्ला तहका नेताहरू पनि सहभागी छन्।
भेलामा कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी छन्।
प्रदेश तहका नेताहरूलाई सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूले प्रशिक्षणसमेत दिने कार्यक्रम छ। सातै प्रदेशमा यस्ता भेला गर्ने तयारीमा सत्ता गठबन्धन छ।