स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ । कालिगण्डकी–६ को इम्सिलमा आयोजित चुनावी कार्यक्रमबाट फर्कने क्रममा सवारी दुर्घटना भएको गुरुङले जानकारी दिएका छन् ।
सामान्य दुर्घटना भएको र गाडीमा सवार सवै सुरक्षित रहेको उनले बताएका छन् । गुरुङले भने, ‘कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना हामी सबै सुरक्षित छौं।’