मंसिर ४ को चुनाव आन्दोलन र अभियान दुवै हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनाव आन्दोलन र अभियान दुवै भएको बताएका छन् । शनिबार सत्ता गठबन्धनले विराटनगरमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी ४ मंसिरको चुनाव सामान्य नभइ परिर्वतन चाहाने र प्रतिगमन चाहानेबीचको लडाई भएको बताए ।

‘यो निर्वाचन अभियान भनेको एउटा आन्दोलन पनि हो, अभियान पनि हो,’ प्रचण्डले कार्यकर्तालाई आग्रह गर्दै भने, ‘यो अभियानलाई गहिरोसँग लिदिनुहोला। सानातिना कमीकमजोरी हिजो छन् भने पनि यो महान् उद्धेश्यको निम्ति त्यसलाई थाति राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का होइदिनुहोला।’

उनले अहिले पनि आफूहरुविरुद्ध षडयन्त्र नरोकिएको बताए। ‘गठबन्धनका सबै साथिहरुलाई कुरो गहिरो छ, अहिलेपनि षडयन्त्र रोकिएको छैन्। हामी अन्तिम रुपमा विजयको यात्रातिर छौं,’ प्रचण्डले भने, ‘यो निर्वाचन एउटा यस्तो खुड्किलो हो जहाँबाट हामी लोकतन्त्र र परिवर्तनका विरोधीहरुलाई, प्रतिगामी शक्तिहरुलाई परास्तर गरेर विकास र समृद्धिको आधार तय गर्न सकूँ।’

अध्यक्ष प्रचण्डले नेता–कार्यकर्ताहरुलाई निर्वाचनपछि आफूहरुको सरकार बनेसँगै अवसर नै अवसर प्राप्त हुने समेत बताएका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धनको सरकार बनेपछि जनता र नेता कार्यकर्ताले अवसर नै अवसर प्राप्त गर्ने बताएका हुन् । ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर तपाईंहरुलाई हुनेछ,’ प्रचण्डले सम्बोधनको क्रममा भने।

साथै, उनले अन्याय भएकोजस्तो लागेकाहरुको पनि निर्वाचनपछि सम्बोधन हुने बताए। ‘जो साथिहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ तीनलाई सम्बोधन गरिनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’

कमेन्ट गर्नुहोस्