चौतर्फी विरोधपछि आयोगले हटायो भिडिओ

काठमाडौं । निर्वाचन आयोगले चुनाव सम्बन्धी सार्वजनिक गरेको भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ।

आयोगले ‘चुनाव लहर छाएको’ भन्दै निर्वाचनको प्रचारका लागि भिडिओ सार्वजनिक गरेको हो। आयोगले ‘हाम्रो देशमा फेरि पनि चुनाब आएको छ। देशैभरि चुनाबको लहर छाएको छ’ भन्दै भिडिओ पोस्ट गरेको थियो।

याे पनि पढ्नुस  निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

चुनाव सम्बन्धी सचेतना फैलाउन बनाइएको भिडिओ राम्रो नभएको भन्दै विरोध भएको थियो। चौतर्फी विरोध भएपछि आयोगले भिडिओ हटाएको हो।

भिडिओ हटाएको सम्बन्धी जानकारी दिँदै आयोगले भनेको छ, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षा सम्बन्धी भिडियो सामग्री परिमार्जनको लागि हटाएका छौं। यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।’

याे पनि पढ्नुस  विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा मन्त्री अथक

कमेन्ट गर्नुहोस्