बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा बाँकि रहेको बताएका छन्। बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशीविदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए ।
संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको उनले बताए । गठबन्धन टुट्याउन विदेसी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षड्यन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको बताए ।
“संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरुको एक ठाउँमा उभिएका छौं,” उनले भने, “देशी विदेसी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे तर विफल भएको छ ।”
देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गत निर्वाचनमा सिसाखानीको पुल बनाउने बाचा गरेको स्मरण गदै विभिन्न कारणले अल्झेको भन्दै चाडै काम हुने बताए ।
जनताको मतसँगै विकास र समृद्धि जोडिएको भन्दै बागलुङको विकासका लागि जीवन रहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे
बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेस गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।
प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए । भ्रष्टाचार न्यूनिकरणका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै अहिलेको अवस्था परिर्वतन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने बताए ।
नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा रहिरहेको बताउँदै १० प्रतिशतमा उकालियो भने मात्रै प्रतिव्यक्ति आयमा वृद्धि हुने बताए । विपक्षी पार्टीले डेन्टपेन्ट गरी उम्मेदवार उठाएको भन्दै बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जीताएर जनताले फैसला गर्नुपर्ने उनको भनाई थियो ।