जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेको मुख्य नेता आफू भएको र प्रजातन्त्र र संविधानमाथि हमला हुँदा विद्रोह गरेको उनले बताएका छन् ।
एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच अपवित्र गठबन्धन भएको टिप्पणी गरेका छन् ।
शनिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरूको उद्देश्य भने पवित्र रहेको बताए ।
‘पाँच दलीय गठबन्धनले मुलुकलाई संकटबाट बचाउन गरिएको छ । संविधानलाई बचाउनका लागि गरिएको छ,’ उनले भने, ‘त्यसकारण पाँच दलीय गठबन्धनको उद्देश्य पवित्र छ । तर एमाले जसापको गठबन्धन अपवित्र हो । त्यहाँ संघीयता विरोधी तत्त्वहरू छन् । उनीहरूलाई परास्त गर्नुपर्छ ।’
अध्यक्ष नेपालले नेपालको हरेक परिवर्तनमा कम्युनिस्ट र लोकतन्त्र मिलेको स्मरण गरे ।
२००७ सालदेखि नै देश बचाउन कम्युनिस्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको उनको भनाइ छ ।