गठबन्धनलाई विजय गराउन चितवनका बुद्धिजीवी र पेशाकर्मी सक्रिय

चितवन। वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन बुद्धिजीवी र पेशाकर्मी अगुवाहरू सक्रिय भएका छन्। यसै सन्दर्भमा माडी बुद्धिजीवी एवं पेशाकर्मीहरूको संयुुक्त भेला आयोजना गरे। त्यहाँ उनीहरूले समाजमा स्थापित उमेदवार मैदानमा आएकोले विजय निश्चित रहेको बताएका छन्। यसैक्रममा माओवादी केन्द्रका नेता सूर्य सुवेदी (पथिक) ले भेलालाई नागरिक आन्दोलनको संज्ञा दिए। सो भेलालाई सम्बोधन गर्दै जनताको माग र आवश्यकता पूरा गर्न गठबन्धन अघि बढेको बताए।

संविधानसभा सदस्य रामकृष्ण घिमिरेले लोकतन्त्र संरक्षणको जिम्मेवारी बुद्धिजीवीको रहेको बताए। देशका विभिन्न ठाउँमा गठबन्धन भएको उल्लेख गर्दै उनले असन्तुष्टि सार्वजनिक गर्नु अहिले ठिक नभएको बताए। उनले सबैले त्याग गरेको र त्यसको ईतिहासले मुल्यांकन गर्ने बताए। उमेदवारको मुल्यांकन गरेर मत दिने सुझाव दिन बुद्धिजीवी र पेशाकर्मीहरूलाई वरिष्ठ चिकित्सक डा।भोजराज अधिकारीले आग्रह गरेका छन्।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर(३ अन्तर्गत वाम लोकतान्त्रिक गठबन्धनका उमेदवार डा। अधिकारीले विकास र परिवर्तनको मुद्दा अघि बढाउने योजना आफूसँग मात्रै रहेको बताएका छन्। आफूले दिर्घकालिन विकास रणनीति अघि बढाउनले बचनबद्वता व्यक्त गरेका छन्। मंसिर ४ सम्म आफूसँग केही नहुने बताएका उनले बुद्धिजीवी एवं पेशाकर्मीहरूको योजना अनुसार काम गर्ने विचार राखे। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राष्ट्रिय परिस्थितिले गठबन्धन निर्माण भएको बताए। संसद विघटन र प्रतिगमनका विरूद्व एकताबद्ध हुन उनको आग्रह छ।

उनले त्यसकारण आन्तरिक असन्तुष्टि र द्वन्द्व अन्त्य गरी गठबन्धनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। विदेशीनुका समस्याको समाधान निकाल्न एनआरएनए अमेरिकाका अध्यक्ष बुद्वि सागर सुवेदीले सुझाव दिए। प्रतिगमनको संस्थागत गर्नेलाई पाठ सिकाउनुपर्ने समय आएको विनोद तिमिल्सिनाले बताएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनको भनाइ छ।

निर्वाचन क्षेत्र नम्बर(३ मा विशिष्टिकृत अस्पताल बनाउने योजना बनाउन वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।विजयचन्द्र आचार्यले सुझाव दिए। शिक्षा र स्वास्थलाई प्राथमिकतामा राख्न सके माडी मणिको रूपमा परिवर्तन हुनसक्ने उनले बताए। गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उमेदवार ठाकुर प्रसाद ढकालले राष्ट्रिय निकुञ्जको ऐनमा देखिएको समस्या सम्बोधन गर्न संघर्ष गर्ने बताएका छन्। जनताको समस्यामा एकताबद्ध हुन उनले अपिल गरे। रिउ करिडोर बनाउन प्रयत्न गर्ने उमेदवार ढकालको प्रतिबद्धता छ।

कमेन्ट गर्नुहोस्