स्याङ्जा-२ मा धनराज र पद्मालाई विरासत फर्काउने र जोगाउने चुनौति

काठमाडौं । स्याङ्जा-२ मा यसपट कांग्रेस र नेकपा एमालेका पदाधिकारी प्रतिस्पर्धामा छन् ।

गठबन्धनबाट कांग्रेस उपसभापति धानराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच कडा टक्कर हुने देखिएको छ । २०६४ र २०७० सालको संविधानसभामा समानुपातिकबाट सांसद बनेका धनराजका लागि संसदीय निर्वाचनको प्रतिस्पर्धा भने पहिलो हो ।

राष्ट्रियताको पक्षमा चट्टानी अडान र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिएर उनी चर्चामा रहने गरेका छन् । पद्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

याे पनि पढ्नुस  जाजरकोटका मतदाता भन्छन्- शक्ति बस्नेत गाउँमा आउँदा उम्मेदवार होइन, छोरै फर्केझैँ लाग्यो

केपी ओली सरकारमा लामो समय भूमिसुधार र कृषि तथा पशुपन्छी मन्त्री बनेकी थिइन् । विगतमा स्याङ्जालाई कांग्रेसको गढ मान्ने गरिएको थियो । २०७४ सालमा भने बाम गठबन्धनले कांग्रेसको विरासत तोडेको थियो ।

पद्माले ३५ हजार १ सय ४२ र गोपालमानले ३१ हजार ४ सय ३६ मत पाएका थिए । तर, अहिले ५ वर्षअघिको समिकरण फेरिएको छ । अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक ठाउँमा छन् । एमाले र जसपा एक ठाउँमा । बैसाखमा भएको स्थानीय निर्वाचनको मतपरिणामले धनराजलाई निकै बलियो देखाएको छ ।

याे पनि पढ्नुस  तथाकथित बैकल्पिक राजनीति : राजावादी भ्रम र बिदेशी स्वार्थ

उक्त निर्वाचनमा कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ । माओवादीले १ हजार २ सय ४३ र नेकपा एसले २ सय ३३ मत पाए । पटक–पटक प्रतिनिधिसभा विघटन गरेको अपजस एमालेमाथि लाग्दै आएको छ । त्यो आरोपलाई चिर्दै जनतामा जानुपर्ने चुनौती पद्मासामु छ ।

याे पनि पढ्नुस  सामाजिक र राजनीतिक यात्रामा : डा. अधिकारी

धनराजलाई २०७४ सालमा गुमेको विरासत गठबन्धनको बलमा फर्काउने अवसर छ । बाम गठबन्धन हुँदा जीत हासिल गरेकी पद्मा भने अहिले पार्टी विभाजनको स्थितिमा पुरानो जितलाई निरन्तरता दिने चुनौतिमा छिन् ।

कमेन्ट गर्नुहोस्