हँसिया हथौंडा र कमलमा भोट नहाले कांग्रेस पहिलो पार्टी बन्दैन : देउवा

विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् । उनले कांग्रेसलाई पहिलो पार्टी बनाउन पनि कांग्रेस कार्यकर्ताले हँसिया हथौंडा र कमलमा भोट हाल्नैपर्ने बताए ।

विराटनगरमा शनिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौता गर्दा नै आफूले भोट हालिसकेको बताए ।

प्रधानमन्त्री देउवाले रूख भएको ठाउँमा रूखमा र नभएको ठाउँमा हँसिया हथौडा र कलममा मत दिन आग्रह गरे । उनले आफूहरू सबै मिलिसकेको बताउँदै भने, ‘लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गठबन्धनलाई भोट दिन म आग्रह गर्दछु ।’

कमेन्ट गर्नुहोस्